झापा, ८ चैत्र । झापाको मेचीनगर नगरपालिका–७ इटाभट्टामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ७ सँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा १ हजार एक सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १३२ जनाको भिडियो एक्सरे, ११४ जनाको रक्त परीक्षण र ९७ जनाको ईसीजी गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३२ जनाको दाँत खोलिएको छ ।
नोबेलले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।
समाचार साभारः हाम्रा कुरा डटकम (विस्तृतमा ………)
Copyright 2016 Nobel Medical College Teaching Hospital (P) Ltd. | All Rights Reserved
Designed & Developed By: Neparica